स्वास्थ्य

झापामा २ को मृत्यु, १८९ जनामा संक्रमण पुष्टि

झापा, बैशाख २५ । झापामा पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरूमा ८४ महिला र १०५ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

चम्लागाईका अनुसार संक्रमित हुनेहरूमा दमकका ३५, विर्तामोड ३२, गौरादह ८, मेचीनगर १९, भद्रपुर ४३, कनकाई ३०, हल्दिबारी ३, अर्जुनधारा १६, बुद्धशान्ती ७, गौरीगञ्ज २, कमल १, कचनकवल २, शिवसताक्षी ६, झापा गाँउपालीकामा १, बाह्रदर्शी १ र ठेगाना नखुलेको ३ जना रहेका छन् ।

त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज थप दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा दमक – ८ कि ८३ बर्षीय बृद्धा र विर्तामोड -५ का ६२ बर्षीय महिला रहेको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा कुल संक्रमितको संख्या ६ हजार ११४ पुगेको छ भने मृत्यहुनेको संख्या १४७ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।