झापा, बैशाख ३०। हात्तीको आक्रमणबाट झापाको कलम गाउँपालिकामा एक पुरूषको मृत्यु भएको छ ।
मृत्युु हुनेमा कलम गाउँपालिकामा वडा नं ३ का ४४ बर्षिय जीतबहादुर लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आज बिहान साँढे पाँच बजेतिर मनिङ्गवर्कमा निस्केका लिम्बूलाई रतुवामाइ बृक्षारोपण सामुदायिक बन क्षेत्र नजिक हात्तीले आक्रमण गरेको थियो।
हात्तीले आक्रमण गर्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले मृतक लिम्बूलाई पोसमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।

