झापा, जेठ ११ । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११८ जना महिला छन् ।
संक्रमितमध्ये पीसीआर परीक्षणबाट २१६ र एन्टिजेनतर्फ ३१ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३१ महिलासहित ७० जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १५ महिलासहित ३३ जना, दमकमा १४ महिलासहित २८ जना, अर्जुनधारामा १२ महिलासहित १८ जना, कनकाईमा ४ महिलासहित १५ जना, गौरादहमा ३ महिलासहित ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, कचनकवलमा एक महिला र एक पुरुष, शिवसताक्षीमा २ महिलासहित ४ जना, झापामा २ महिला, कमलमा ८ महिलासहित १९ जना, बाह्रदशीमा ६ महिलासहित १३ जना, हल्दिबारीमा १ पुरुष, गौरीगञ्जमा २ महिलासहित ७ जना र ठेगाना नखुलेका २ महिला र १ पुरुषमा पनि संक्रमण भएको छ ।
योसँगै झापामा कुल संक्रमित संख्या ९ हजार ५२० रहेको छ भने निको भएर घर फर्किनेको संख्या ५ हजार ४५० पुगेको छ । मंगलवार ९४ जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा झापामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई र अर्जुनधारा नगरपालिकाका एक-एक पुरुष रहेका छन् ।
योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २१३ पुगेको छ ।

