संघ \संस्था

वीरता लेडी जेसीजद्धारा महिला उद्यमशीलता सम्भाव्यता र चुनौती विषयक अन्तकृया

बाहुण्डाँगी । महिला शसक्तिकरणको पहिलो आधार आर्थीक सम्बृदि रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन।
वीरता लेडी जेसीजद्वारा अनलाइन मार्फत आयोजित महिला उध्मशिलता सम्भाब्यता र चुनौती बिषयक अन्तर्कृयाका सहभागिहरुले आर्थिक सक्षमताले महिला सशक्तीकरणमा आधारको काम गर्ने बताएका हुन।
नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तर्कृयामा महिला उधामीको वर्तमान अवस्था,सम्भावना चुनौती,महिला उधमिका सन्घर्ष र सफलताका बिषयमा छलफल भएको थियो।


राणाले अहिले उधममा महिलाहरुको उपस्थीति आसलाग्दो रुपमा बढेको र उधमी बन्नलाई आट र हिम्मत आवश्यक रहेको बताइन।साथै उनले पुरुषको तुलनामा महिलाहरुलाई उधमीको रुपमा स्थापित हुन भने अहिले पनी बिभिन्न चुनौतीहरु रहेको बताइन।
यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका रास्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनालले महिलाहरु मात्रै नभई अहिलेको समयमा महिलार पुरुष दुबै नै उधम र व्यव्सायमा आउनुपर्ने बताए जसले देसको अर्थतन्त्र उकास्न टेवा पुग्ने उनको जिकिर थियो।साथै यस्तो बिषम परिस्थितिमा पनी भर्चुल माध्यमबाटै भएपनी महत्वपूर्ण बिषयमा अनतृक्रिया गरिएकोमा वीरता लेडी जेसीजलाई धन्यवाद दिएका थिये।
नेपालभर बाट जेसीज, नन जेसीज र महिला उधमी गरि करिव २ सय जना सहभागि रहेको कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका नि वर्तमान अध्यक्ष कुमार भट्टराई,नेपाल जेसीजका कानूनी सल्लाहकार गोकुल सापकोटा,क्षेत्र क निरुपीत उपाध्यक्ष रजनी थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिये।
अन्तर्कृयामा रा प्र पा बिर्तामोड अध्यक्ष रन्जू प्याकुरेल,बिर्तामोड उधोग वाणिज्य संघ सह कोशाध्यक्ष राधिका चूडाल,नारी सन्चार गृह झापा सस्थापक साबित्रा दाहाल,नेपाल जेसीज पूर्व कार्यकारीणी उपाध्यक्ष रिता न्यौपाने,उधमी मिरा काफ्ले,हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठससतासीधाम जेसीजका नि वर्तमान अध्यक्ष कुमार सिङ सावा लगायतले वक्ता राणासामु उधम संग सम्बन्धीत बिभिन्न्ं प्रशन हरु राखेका थिये।
वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक युनिता दवाडीले स्वागत गरेकी थीइंन भने सन्चालन महासचिव हिमा पौडेल ले गरेकी थीइन।