खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेट आज देखि सुरु, १० टिमले प्रतिस्पर्धा गर्ने

युवराज आचार्य
झापा, माघ २ ।
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ । दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ ।

प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टोली बिच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

जसका लागि दुई समहू विभाजन गरिएको छ । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, गण्डकी प्रदेश, प्रदेश नं.१ र कर्णाली प्रदेश रहेका छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं.२ र सुदुरपश्चिम प्रदेश रहेका छन् । प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।