मेचीनगर, माघ १ । मेचीनगरको काँकरभिट्टामा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित खेलमा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् ।

यहास्थित तुर्केनी खेल मैदानमा सुरु भएको उद्घाटन् खेलमा आयोजक टिम र डुडामारी युथ क्लव बीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी युथ क्लवल बिजयी भएको छ । खेलको सुरुमा निक्कै कडा प्रतिष्पर्धा भएपनि दोस्रो हाफको २० मिनेमा डुडामारी युथ क्लवले १ गोल गर्न सफल भएको थियो ।
आयोजक टिमले भने गोल गर्न सफल भएन् खेलको म्यान अफद मेन मनिस लिम्बू घोषित भए उनलाई आयोजक संस्थाका अध्यक्ष रामकुमार लिम्बू र काँकरभिट्टा फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङले ट्फि प्रदान गरेका थिए ।

तुर्केनी फुटबल क्लवका अध्यक्ष रामकुमार लिम्बूको सभापतित्व तथा १ नम्बर प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको उद्घाटन् खेलमा स्व अर्जन तामाङको तस्विरमा माल्यार्पण गरेर कार्यक्रम उद्घाट्न गरिएको थियो उनको तस्विरमा प्रमुख अतिथि मैनाली र स्वर्गिय तामाङका बुवा ईन्द्रबहादुर तामाङले माल्यार्पण गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका महासचिव सेरबहादुर बस्नेत, फुटबल खेलका राष्ट्रिय प्रशिक्षक मिनबहादुर बस्नेत, मेचीनगर ६ का वडा सदस्य राजकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा आयोजक टिमलाई नाईटचेस क्लव र झापा जिल्ला फुटबव संघले २/२ वटा फुटबल प्रदान गरेका थिए । उक्त फुटबल आयोजक क्लबका अध्यक्ष लिम्बूलाई झापा जिल्ला फुट्बल संघका अध्यक्ष भगिरथ आले र फुटबल संघका महासचिव सेरबहादुर बस्नेतले प्रदान गरेका थिए ।
भोलिको खेल रोलिङ फुटबल क्लव र बेलबारी फुट्बल क्लव बीच हुने आयोजक समितिले जनाएको छ । फुटबल खेलको राशी प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार नगद पाउने छन् । उपाध्यक्ष दिलकुमार लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य निरुता कार्कीले गरेकी थिईन् ।

