इलाम, माघ १ । नेपाली कांग्रेसको भातृसंस्था नेपालतरुणदल साबिक महमाई वडा न ६ कपरसुका ,ईलामद्वारा आयोजित प्रथम महमाई नकाउट भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आयोजकले उपाधिका लागि फाईनल खेलमा माई नगरपालिका –५ को टिमलाई पराजित गरेका थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, बिशेस अतिथि नेकां महासमिति सदस्य बिष्णु दाहाल, नेकां ईलाम जिल्ला सदस्य तथा जिल्ला खेलकुद संयोजक सुभास आङ्थुप्पो, नेकां क्षेत्रीय सहसभापति नुतन दुलाल, ईलाम नगर सभापति होम बस्नेत, नेकां चुलाचुली सचिब त्रिलोचन गौतम, महिला संघ नगरसभापति रिना घिमिरे, ईलाम नपा वडा नम्बर ९ का सभापति नेत्र घिमिरे, वडा नम्बर ४ का सभापति बिष्णु सुब्बा, तरुण दल माई संयोजक तारा थापा, माई सहसभापति डम्बर लोहों, लगायतले प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार र उपबिजेता टिमले १० हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम नगद पुरस्कार संविधान सभा सदस्य माननिय नरेन्द्र कुमार कुमालले उपलब्ध गराएका थिए । प्रतियोगिताको फाईनल खेल तथा पुरस्कार वितरण कार्यक्रममा आयोजक नेपाल तरुणदल महमाई–६ का सभापति सभापति गणेश सिन्चिउरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

