बाहुण्डाँगी । धनकुटा लेडि जेसीजको आयोजनामा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । हस्तान्तरित स्वास्थ्य सामाग्रिहरूमा फेससिल्ड २० थान, ५०० थान मास्क, २०० थान ग्लोव्स, १० लिटर स्यानीटाईजरलगायत रहेका छन् ।
उक्त सामाग्रि धनकुटा नगरपालिका वडा नम्वर ५ का टेक बहादुर र दिपकला श्रेष्ठ कि छोरी युके निवासि अस्मिता श्रेष्ठले सौजन्य गर्नु भएको धनकुटा लेडि जेसिजकि बर्ष २०२१ कि अध्यक्ष विसिका श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।
धनकुटा लेडि जेसिज अध्यक्ष श्रेष्ठ, अध्यक्ष श्रेष्ठका प्रथम पुरूष, उपाध्यक्ष सावित्रा राईलगायतको उपस्थितिमा सामाग्रि हस्तान्तरण गरिएको हो । स्मरण रहोस कोरोनाको अभियानमा काम गरेबापत नेपाल जेसीजले हालै मात्र सम्मान गरेको शाखा हो ।


