स्वास्थ्य

जंगली च्याउ खाएर विरामी भएका मध्ये दुई जनाको मृत्यु

नरेन इलामेली 
इलाम, जेठ २५ ।
इलाममा च्याउ खाएर विरामी भएका चार जना मध्ये दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको  सन्दकपुर गाँउपालिका-१ खोलाघारी बस्ने बर्ष ५० को टिका बहादुर राई र सोही स्थान बस्ने बर्ष ५२ का जित बहादुर राई रहेको प्रहरीले जनाएको छ । टीका बहादुर को आइतबार राती र जित बहादुरको मंगलबार विहान उपचारका क्रममा झापाको बिर्तामोड स्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

शनिवार जंगलबाट ल्याएको च्याउ खाँदा चार जना विरामी भएका थिए । सन्दकपुर गाउँपालिका १ का टिका बहादुर र जितबहादुरले जंगलबाट ल्याएको च्याउ इलाम नगरपालिका ३ का बिरमान राई को घरमा लगेर खाएका थिए । च्याउ खाएसँगै जित बहादुर , टीका बहादुर सहित बर्ष ३५ का बिरमान राइ र उनकी  श्रीमति बर्ष ३२ कि बिष्णु कुमारी राई बिरामी भएका थिए ।

बिरामी मध्ये टीका बहादुर र जित बहादुरको मृत्यु भएको हो भने बिरमान र उनकी श्रीमती बिष्णु कुमारीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुको झापाको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।