मेचीनगर, जेठ २६ । मेचीनगर ७ निवासी युवा समाजसेवी सन्तोस खवासले आफ्नो छोराको जन्मोत्सवको अवसर पारेर बिपन्न एकल आमाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन्।
उनले आफ्नो छोरा स्वभिमान खवासको जन्मदिनको अवसर पारेर मंगलबार सो खाद्यान्न सहयोग गरेका हुन् । खवासले मेचीनगर ३ का अति बिपन्न एकल आमाहरु इन्ति मेचे र कृष्णमाया मेचेलाइ एक महिना पुग्ने आवश्यक खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।

पछिल्लो समय मानिसहरू जन्मदिन लगायतका अवसरमा ठुल ठुला होटलमा पार्टी गरेर मनाउने प्रचलन बढीरहेको छ । तर विगत बर्षहरूदेखि नै खवासले फजुल खर्च नगरी मानव सेवामा सरिक हुने गरेका छन् ।
अघिल्लो बर्ष खवासले आफ्नो छोराको जन्मदिन मेचीनगर ७ मा रहेको अनाथ आश्रमका बालबालिकालाई खाद्यान्न सहयोग गरेर मनाएका थिए ।


