झापा, बैशाख २९ । जनप्रतिनिधिहरुले बुद्धभक्ता वापतको रकम घरघरमा नलगिदिदा कनकाई नगरपालिकामा एक वुद्धाले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
कनकाई नगरपालिका ५ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनी आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा बुद्धभक्ता लिन जादा अकालमै ज्यान गुमाउनु परेको हो ।
बैकले बुद्धा भक्ता दिने बताएपछि उहाँ पैदलै हिडेर पुर्वपश्चिम राजमार्ग पारी रहेको बैकतर्फ जादै गर्दा उहाँलाई मे १ क ४४३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

