मेचीनगर, बैशाख २९ । झापाको मेचीनगर–६ काँकरभिट्टाका थप एक कोरोना संक्रमितको बुधबार निधन भएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार मेचीनगर–६ स्थित रमाइलो गाउँका ५६ बर्षीय पुरुषको निधन भएको तामाङले बताए ।
वैशाख २६ गते पिसीआर पोजेटिभ आएका पुरुषको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।
कोरोना संक्रमित पुरुषमा दमको समस्या रहेको र उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाली सेनाको व्यवस्थापनमा मेचीनगर–६ काँकरभिट्टामै दाहसंस्कारको तयारी भइरहेको वडाध्यक्ष तामाङले बताए ।
यसअघि गएराति वडा नम्बर १० का दुई संक्रमितको निधन भएको थियो । मेचीनगरमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या ६ पुगेको छ । जसमध्ये ४ जना वडा नम्बर ६ का रहेका छन् ।

