बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज र नेपाल रेडक्रस सासाइटी बाहुण्डाँगी उपशाखाको सयुक्त आयोजनामा भएको रक्तदानमा ४७ प्रिन्ट रगत संकलन भएको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका कार्यक्रम संंयाजक कमल गोलले बताउनु भयो ।

कोभिड १९ लाई मध्यनजर गर्दै ३ ठाउँमा रगत संकलन गर्ने व्यवस्था गरिएको थियो । जसमा मेचीनगर २ भृकुटीमा २३ जना, मेचीनगर १ गाडागल्ली १८ जना र मेचीनगर ४ बाहुण्डाँगीमा ६ प्रिन्ट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीज २०२१ का अध्यक्ष दिपक बरालले बताउनु भयो । साथै ५०० थान माक्स समेत वितरण गरिएको थियो ।

