झापा, असार २२ । उपाधि दाबेदार ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । खेलमो ३५ औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै ब्राजिललाई फाईनल पुर्याउन पर्याप्त भयो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि बिहान अर्जेन्टिना र कोलम्बिया बिच हुने छ । यी दुईको बिजेताले ब्राजिलसंग उपाधीका लागि भिड्नेछन ।

