मेचीनगर, असार २२। मेचीनगर ६ काँकरभिट्टा निवासी युवा समाजसेवी सजित तामाङले आफ्नो जन्मोत्सवको अवसर पारेर जागृत बाल उद्धार केन्द्रलाई सहयोग गरेका छन्।
तामाङले आफ्नो ४४ औं जन्मोत्सवको अवसर पारेर मंगलबार जागृत बाल उद्धार केन्द्र परिसरमा नै पुगेर नगद ५ हजार सहयोग गरेका हुन् ।
अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगर ७ को जागृत बाल उद्धार केन्द्रलाई सञ्चालनमा सहयोग पुर्याउन आफुले सानो सहयोग गरेको तामाङले बताए ।
पछिल्लो समय मानिसहरू जन्मदिन लगायतका अवसरमा ठुल ठुला होटलमा पार्टी गरेर मनाउने प्रचलन बढीरहेको छ तर तामाङले फजुल खर्च नगरी मानव सेवामा सरिक हुन पाउँदा आनन्द भएको बताए ।

