झापा, असार २३ । तीन पटकको विजेता स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इङ्ग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजितगर्दै इटाली उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ ।
दोस्रो सेमिफाइनल अन्र्तगत आज इङ्ग्ल्याण्ड र डेकमार्क बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार खेल आज राति १२ः४५ बाट सुरु हुनेछ ।

