झापा, असार २३ । बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहेका छन् ।
अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे ७ बजे बिर्तामोड ८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईमा लड्दा टाउकोमा चोट लागको थियो ।
गम्भीर घाइते भट्टराईको उपचारको लागि बिर्तामोडको बीएन्डसी अस्पताल पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

