राजनीति

अखिलले गर्यो दिप प्रज्वलन

झापा, बैशाख १२ । चार बर्ष अघि बैशाख १२ गते आएको बिनाशकारी भुकम्पका कारण नेपालमा धेरै मानिसको ज्यान गएको थियो । धेरै परिवार घरवार बिहिन भएका थिए । धेरैले आफ्नो अभिभावक गुमाएका थिए । त्यही बिनाशकारी भुकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा अनेरास्ववियू मेचीनगर कमिटिले धुलाबारीमा बिहिबार साझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा पुर्व अनेरास्ववियू केन्द्रीय सदस्य तथा हाल मेचीनगर कार्यापालिका सदस्य टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यता रहेको थियो । अनेरास्ववियू झापा जिल्ला भुगोल कमिटि अध्यक्ष दुर्गा धमलाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पस अध्यक्ष हरी भट्टराईलगायतको आतिथ्यता थियो ।

विभिन्न स्कुल तथा क्याम्पसमा अनेरास्ववियुमा आबद्ध भएका थुप्रै विद्यार्थी तथा विद्यार्थीनेताहरुको बाक्लो उपस्थिती रहेको थियो । अनेरास्ववियू मेचीनगर कमिटिका अध्यक्ष सन्तोस धमलाको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन अनेरास्ववियू त्रिदेब क्याम्पस अध्यक्ष योगेश भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.