समाचार

कोरोना कहर: झापामा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

झापा, साउन २२ । झापामा एक साताका लागि निषेधाज्ञा पुनः थप भएको छ।

शनिवार मध्यरातदेखि साउन ३२ गते रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कार्यालयले जनाएको हो।

थप गरिएको निषेधाज्ञामा बिहान ६ बजेदेखि ९ बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ।