समाचार

मेचीनगरमा एक वृद्धको शव खोलामा डुबीरहेको अवस्थामा फेला

झापा, साउन २३ । झापाको मेचीनगर नगरपालिमा एक वृद्धको शव खोलामा डुबीरहेको अवस्थामा फेला परेको छ ।

मेचीनगर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनालको शव शनिबार साझ स्थानीय पालिया खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनि घरबाट निस्किएका थिए ।

अपराह्न्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्य र स्थानीयले खोजी गर्दा खनाललाई खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा मृत फेला पारेका थिए ।

मृत अवस्थामा भेटिएपछि परिवार र छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवको पोष्ट मार्टम्का लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोष्ट मार्टम्को रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउँन सकिने जानकारी दिए ।