कला मनोरञ्जन

किरण बने ‘द भ्वाइस अफ नेपाल सिजन-३’ काे बिजेता

काठमाडौं, साउन २४ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन्।

शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्।

उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्।
काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए ।

झापाको खुदुनाबारी शिविरबाट उनी भुटानी शरणार्थीका रुपमा अमेरिका गएका थिए।

किरणका अलावा फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले पुगेका थिए।