संघ \संस्था

अध्यक्षमा सुवेदी

झापा, भदौ १२ । झापाको कमल गाँउपालिका वडा नम्बर ३ स्थित सानो केरखा टोल विकास संस्थाको अध्यक्षमा लेखनाथ सुवेदी निर्वाचित भएका छन् ।

संस्थाको आज सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट दुईवर्षे कार्यकालको लागि अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन् । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा वेदनिधि पौडेल, सचिवमा इन्द्रराज भट्टराई र
कोषाध्यक्षमा सुनिता गाैतम चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा विकास घिमिरे, हरीप्रसाद चापागाईं, मिना घिमिरे, जुद्ध बहादुर भण्डारी, उमा लावती, मञ्जु दाहाल र मनमाया खतिवडा चयन भएका छन् ।