खेलकुद

क्रिकेट जगतमा सबैभन्दा बढी छक्का हान्ने ५ खेलाडी

काठमाडौं, भदौ २८ । जब क्रिकेट मैदान मा चौका र छक्का को वर्षा हुन्छ, त्यो मैच अझ रोमाञ्चक बन्छ। दर्शक उत्सुकता संग आफ्नो मनपर्ने खेलाडी को महान खेल हेर्न प्रतीक्षा गर्दछन्। यद्यपि क्रिकेट जगतमा यस्ता धेरै ब्याट्सम्यानहरु छन् जसले धेरै छक्का हानेका छन्, तर त्यहाँ केहि खेलाडीहरु मात्र छन् जसले सबैभन्दा धेरै छक्का हानेर कीर्तिमान बनाएका छन्,जसले क्रिकेट जगतमा सबैभन्दा धेरै छक्का हानेको छ,उनीहरू को नाम यस प्रकार छ।

१. क्रिस गेल (१९९९-अहिले सम्म)

क्रिस गेल

यस सूचीको शीर्ष स्थान मा वेस्ट इन्डिजका क्रिस गेल छन्। जसलाई विश्वले ‘युनिभर्स बॉस’ को नामले पनि चिन्ने गर्दा छन्। क्रिस गेल एक अग्लो कद का खेलाडी हुन र गेलले आफ्नो उचाई लाई राम्रो संग आफ्नो खेल मा प्रयोग गर्ने गर्दछन् र सजिलै संग सीमा बाहिर बल प्रहार गरिदिन्छन्। क्रिकेट जगतमा क्रिस गेलले ५५०* छक्का प्रहार गरेरका छन र यस सूचीको पहिलो स्थानमा छन्।

२. शाहिद अफ्रिदी(१९९६-२०१८)

Afridi

टीम पाकिस्तान का शाहिद अफ्रिदी सधैं आफ्नो अद्भुत छक्का को लागी प्रसिद्ध छन्। सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान शाहिद अफ्रिदीको नाममा पनि छ। अफ्रिदीले क्रिकेट जगतमा ४७६ छक्का प्रहार गरेका छन् र यो शानदार कीर्तिमान अझै पनि कायमै छ।

३. रोहीत शर्मा(२००७-अहिलेसम्म)

Rohit

टीम इंडियाका ओपनर रोहित शर्मा पनि यस सूचीमा आफ्नो स्थान बनाउन सफल भएका छन्। रोहित शर्मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यानमा पनि प्रवेश गरेका छन्। आफ्नो सहज ब्याटिङ का लागि परिचित रोहितले क्रिकेटमा जगतमा ४४०* छक्का प्रहार गरेका छन्।

४.ब्रेन्डन म्याकुलम(२००२-२०१६)

Mccuulum

न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान ब्रेन्डन म्याकुलम पनि यस सूचीमा पछाडि छैनन्। न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम आफ्नो टिमको सबैभन्दा आक्रामक ब्याट्सम्यान मध्ये एक मानिन्छन्। अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ३९८ छक्का प्रहार गर्ने कीर्तिमान ब्रेन्डन म्याकुलमकाे नाममा छ। उनले प्राहर गरे को छक्का अझै पनि अविस्मरणीय छ। उनी क्रिकेटको क्षेत्रमा अझैपनि अमर छन्।

५. महनेद्र सिंह धोनी(२००४-२०१९)

Dhoni

यस सूचीमा टीम इंडियाका पूर्व कप्तान पनि सामेल छन्। धोनी (एमएस धोनी) सधैं आफ्नो सर्वश्रेष्ठ प्रदर्शन संग सारा संसार मा आफ्नो छाप बनाएको छन। यो मात्र हैन, धोनी पिच मा आफ्नो ‘हेलिकप्टर शट’ को लागी धेरै चर्चा मा छन। धोनीले क्रिकेटमा जगत मा ३५९ छक्का प्रहार गरेका छन् र यस सूचीको पाँचौ नम्बरमा छन्।