
युवराज आचार्य
झापा, वैशाख १७ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने अन्तिम क्वाटरफाईनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र माईभ्याली फुटबल क्लब ईलाम बिच प्रतिस्पर्धा हुदैछ ।

थ्रीस्टार क्लब जारी चौथो संस्करणको उपाधि दाबेदार टिम मध्येको एक हो । ए डिबिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थ्रीस्टार क्लबको सामना गर्नु त्यति सहज भने हुने छैन मोफसलको टिम माईभ्याली फुटबल क्लबलाई । ए डिबिजन र मोफसलका यी दुई टिमबीचको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । आज विजयी हुने टिमले सेमिफाइनल खेलमा बिहिबार त्रिभुवन आर्मी क्लब संगको भेट पक्का गर्ने छ ।
काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे हुदैछ । १० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

