मेचीनगर, असोज १ । झापाको काँकारभिट्टामा अबको केहि बेरमा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा काँकारभिट्टा मा. वि. को खेल मैदानमा प्रतियोगिता शुरु हुन लागेको हो ।

“राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ मेचीनगर युवा कप २०७८ आयोजना गरिएको राष्ट्रिय युवा संघका नगर कमिटी अध्यक्ष मान बहादुर तामाङले बताउनुभयो ।
प्रतियोगितामा मेचीनगर भरीका २० वटा टिमको सहभागीता रहनेछ । प्रतियोगिता अन्तरगत आज एकै दिन ४ खेलको तालिका रहेको छ । आज उद्घाटन खेलमा आयोजक टिम र स्नोकर ११ फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
खेल दिनको १ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद ३० हजार प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको फाइनल खेल भने ८ गते हुनेछ ।


