झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताए । उनले यसअघि धरतीमा कतैं पनि परमादशेबाट सरकार नबनेको बताए ।

झापाको बिर्तामोडमा ओलीले बडादशैं, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्बुद्धी दियोस भन्ने कामना गरेका छन् । जनताको म्याण्डेड पाएको नेकपा एमालेलाई परमादेशबाट हटाएर समृद्धिको यात्रालाई रोक्ने प्रयास भएको ओलीको आरोप छ ।
उनले भने, ‘१० वर्षअघिसम्म देश बन्दैन कि भन्ने थियो । अहिले देश बनाउन सकनिे रहेछ भन्ने बनाएको छु ।’ देश बनाउन सकिन्छ, तर गलत स्वार्थ भएकाहरुबाट सबै सचेत भएर खवरदारी गर्नुपर्छ, ओलीले थपे ।

अध्यक्ष ओलीले शुभकामना कार्यक्रममा शुभकामना मात्रै राख्ने भन्दै अन्य दलको टिकाटिप्पणी गर्न चाहेनन् । उनले बडादशैंले सबैलाई सराकात्मक बन्न शक्ति प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरे ।
शुभकामना कार्यत्रममा बोल्दै उनले जनातको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै लोकतन्त्र ल्याएको धारणा राखे । ओलीले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको भन्दै लोकतन्त्र, विधि पद्धतीलाई ख्याल गर्न आग्रह गरेका छन् ।
उनले परमादेशबाट बहुमत प्राप्त सरकार हटाएको स्मरण गर्दै सट्टापट्टाको खेलले मुलुक धरापमा पर्ने खतरा बढेको बताए । परमादेशबाट बनेको सरकारले ३ महिनासम्म सरकार समेत बनाउन नसकेको, बनाउँदा पनि ‘जेठान’सँग सट्टापट्टा गरेको सुनाए । अदालतले परमादेशको बदलामा सट्टापट्टा गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार, गरिव विपन्न, भूमिहीन, सुकुम्बासी विरुद्ध अघि बढेकोले यसले विद्रोह जन्माउने बताए । उनले एमालेका नेता कार्यकर्तालाई भ्रम र कुप्रचारको विरुद्ध लड्न निर्देशन दिएका छन् । निर्वाचनका लागि समेत तयारी अवस्थामा रहन ओलीले संकेत गरेका छन् ।
कार्यक्रमा प्रदेश १ का मुख्यमन्त्री भिम आचार्य, पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाई, एमाले नेता रविन कोइराला, अग्नी खरेल, नरेश खरेल, दिपक कार्की, चिन्तन पाठक, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनालील, बसन्त बानिया, पबित्रा खरेल, चन्दा श्रेष्ठगायतको आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय कलाकार कोमल ओली, प्रितम आचार्यलगायतले मनोरञ्जन प्रदान गरेका थिए ।

