समाचार

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । 

सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेस गर्ने उल्लेख छ । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले जारी अधिवेशनका हरेक बैठकमा नाराबाजी गर्दै आएको छ । 

karya suchi.jpg