राजनीति

नेपाली काँग्रेस नेता मेचेले गरे पार्टी परित्यागको घोषणा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ निवासी नेपाली कांग्रेसका नेता कुसुमलाल मेचेले पार्टी परित्याग गरेको घोषण गरेका छन् ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवम् मेचीनगर–११ का पूर्व वडा सभापती तथा १४ औं महाधिवेशनबाट निर्वाचित क्षेत्रिय प्रतिनिधि समेत रहेका मेचेले नेपाली कांग्रेस परित्याग गरेको घोषण गरेका हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भएर पार्र्टीलाई योगदान दिंदै आएकोमा मेचे पछिल्लो समय समकालिन साथीहरुले १४ औं महाधिवेशनमा भएको सम्झौता विपरितका कार्यहरु गरेको भन्दै आफुले पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको मेचेले हाम्रो खबरपार्टीलाई जानकारी दिए ।