बाहुण्डाँगी । धनगढीमा जेसीज सप्ताह जारी छ। सप्ताहअन्तर्गत आज साइकिलिङ सम्पन्न भएको छ। धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको साइकिलिङ फिस रिसोर्ट, शिवपुरी धाम, कैलाली बहुमुखी क्याम्पस हुदै फेरि ट्राफिक चौराहमा पुगेर समापन भएको कार्यक्रमका संयोजक दीपक बमले जानकारी दिए।
धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ। धनगढी जेसीज र जुनियर जेसीजले कार्यक्रम आयोजना गरेका हुन्।

