धर्म संस्कृती

निन्दा खोलामा छठ पुजा हुने

मेचीनगर । झापाको धुलाबारीमा छठ पुजा आयोजना गर्न शिव शंकर शाहको अध्यक्षतामा ११ सदस्यीय छठ पूजा व्यवस्थापन समिति गठन भएको छ । धुलाबारीमा भएको भेलाले शिव शंकरको अध्यक्षतामा समिति गठन गरेको हो । शंकरले यसअघि पनि ३ पटकसम्म समितिको अध्यक्षमा रहेर पूजा व्यवस्थापनको काम गरिसकेका छन ।

समितिको भेलाले पूजा व्यवस्थापन समिति उपाध्यक्षमा मनोज पोद्दार, सचिवमा संदीप शर्मा, सहसचिवमा उदय ठाकुर, कोषाध्यक्षमा पप्पुजी श्राफ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा शत्रुधन जैसवाल, मुकेश ठाकुर, भानु चौधरी, दिलीप साह, अरबिन्द कामत, भुलन ठाकुर, अरुण प्रसाद साह, मनिष वर्मा, श्रवण साह र शम्भु झा चयन भएका हुन ।

समितिले यो वर्ष कोरोनाको काल भएको हुनाले पुजा गर्न आउने व्रतालु र भक्तालुहरुले स्वास्थ्य मापदण अपनाएर आउनु पर्ने अध्यक्ष शिव शंकरले बताए । मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पर्व आगामी कार्तिक २४ गते परेको छ । प्रेम र सदभाको प्रतीकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि शुरु हुने भोलिपल्ट अस्ताउदो सूर्यलाई अर्घदिएसंगै समापन हुने गर्छ ।

भेलामा मधेशी सेवा समाज मेचीनगरका अध्यक्ष लक्षेन्द्र प्रसाद यादब, मधेशी सेवा समाज मेचीनगरका निर्वतमान अध्यक्ष गोपाल प्रसाद गुप्ता, उपाध्यक्ष रामजुलुम चौधरी, पंञ्चमुखी हनुमान मन्दिर समितिका पुर्व अध्यक्ष रविन्द्रलाल कर्ण, छठ व्यवस्थापन समितिका पुर्व अध्यक्ष राजकुमार साहको उपस्थिति रहेको थियो ।