कला

महिला हिंसा विरुद्ध ‘कचहरी’ नाटक प्रदर्शन

झापा । महिला हिंसा विरुद्ध जनचेतना जगाउने उदेश्यले ‘कचहरी’ नाटक प्रदर्शन गरिएको छ । 

झापाको मेचीनगर १३ स्थित चारआली बजारमा आइतबार सामुदायिक प्रहरी सेवा केन्द्र तथा प्रहरी चौकी चारआली र आशावादी बहुउद्देश्यी सहकारी संस्थाको संयुक्त आयोजनामा नाटक प्रदर्शन गरिएको थियो। 

गाउँघरमा हुने महिला सिंहा विरुद्ध जनचेतना जगाइएको कचहरी नाटक काँकरभिट्टाको परिवर्तन थ्रिएटर तथा त्यस अन्र्तगतको डिजिटल ड्रमाका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र एवम् मेचीनगर–१३ का वडाध्यक्ष अध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष सविना बजगाईले गरेकी थिइन् । 

कार्यक्रममा थ्रिएटरका अध्यक्ष लीला विष्ट, कलाकार कविता नेपाललगायतको उपस्थिति रहेको थियो । महिला हिंसा तथा कचहरी नाटकका समन्वय असई शोभा पराजुली र चारआली चौकी इन्चार्ज भिम श्रेष्ठले गरेका थिए ।