संघ \संस्था

जेसीज महाधिवेशनले सिँगारियो पोखरा

देबु बानियाँ
बाहुण्डाँगी । पुषको पहिलो साता पोखरा जेसीजमय बन्ने भएको छ । यतिबेला पोखरा जेसीज महाधिवेशनका कारण बेहुली झैँ सिगारिएको छ । नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेन पोखरामा हुन लागेको हो । यसका लागि पोखराले भव्य तयारी गरेको छ । पोखराका विभिन्न स्थानहरुमा स्वागतद्वारका साथै जेसीजका व्यानरहरु झिलिमिली सजाइएको छ । महाधिवेशन मुख्य स्थल नयाँबजारको प्रदर्शनी केन्द्रभित्रको ठूलो मैदान जेसीजका ठूला ठूला निला व्यानरहरुले सजिसजाउ पारिएको छ । त्यसैगरि पोखराबाट देखिने हिमश्रृंखला पनि सोहि स्थलभित्रै तयार पारिएको छ ।

यसैविच महाधिवेशनको तयारी पुरा भएको आयोजक पोखरा जेसीजले पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुषको १ देखि ४ गते सम्म चल्ने महाधिवेशनमा भाग लिन देशैभरका १ सय ६१ शाखाबाट अध्यक्ष तथा प्रतिनिधी एवं पर्यवेक्षक सहित झण्डै २ हजार पाहुनाहरु पोखरा आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा बोल्दै पोखरा जेसीजका अध्यक्ष किरण केसीले पुष २ गते सहभागि एवं पर्यवेक्षकहरुलाई पोखराको दृष्यावलोकन गराइने छ ।


त्यस्तै तालिम, सिनेटर बैठक, फेलोसिप कार्यक्रम, राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । साधारण सभा अन्तर्गत राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीहरुको उम्मेदवारी, प्रतिवद्धता सहितको ककस कार्यक्रम गरिने पनि उहाँले जानकारी दिनुभयो । अधिवेशनले १ राष्ट्रिय अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष तथा १२ उपाध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्ने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खलालले जनाउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समारोहको उद्घाटन गर्नुहुने पत्रकार सम्मेलनमा जेसीआई सिनेटर ईश्वर प्रसाद कर्माचार्यले जानकारी दिनुभयो । चार दिन सम्म चल्ने अधिवेशनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने पोखरा जेसीजका पूर्वाध्क्ष सन्तोष पोखरेलले विश्वास व्यक्त गर्नुभयो । ‘यतिधेरै प्रतिनिधी, पर्यवेक्षक तथा पाहुनाहरु चार दिनका लागि पोखरा आउँदै हुनुहुन्छ, यसले समग्रमा पोखराको प्रचार–प्रसार एवं यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह हुने छ’–पोखरेलले भन्नुभयो ।