संघ \संस्था

पथरी जसीजको पहिलो महिला अध्यक्ष अनिता राई (अनु)

बाहुण्डाागी । पथरी जेसीजले १२ वर्षको पखाईमा पहिलो पटक महिला अध्यक्ष पाएको छ । २०११ मा स्थापना भएको यो शाखाका लागि २०२२ को अध्यक्षमा अनिता राई (अनु) निर्वाचित हुनु भएको छ ।

राई नै यस शाखाका ला िपहिलो महिला अध्यक्ष हुन् । २०२१ को निर्वाचनमा वर्तमान अध्यक्ष प्रदिप फुयाँलसँग १ मतको झिनो अन्तरले पराजित हुनु भएकी राईलाई निर्वाचित फुयाँलले महासचिवमा मनोनित गर्नु भएको थियो । स्थापना कालदेखि विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी बहन गर्दै आउनु भएकी राई यस क्षेत्रकी युवा महिला नेतृका रुपमा परिचित हुनुहुन्छ ।

माओवादी केन्द्रकी जिल्ला मोरंग जिल्ला सदस्य समेत रहेकी राई अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत उत्तिकै क्रियाशिल हुनुहुन्छ । बोलिमा भन्दा काममा विश्वास राख्ने राईले २०२० का लागि राष्टिय अध्यक्ष पदमा शाखाका संस्थापक अध्यक्ष सिनेटर अशोक शंकरलाई जिताउने अभियानमा देशव्यापी रुपमा शाखा भ्रमण समेत गर्नु भएको दर्बिलो अनुभव छ । त्यस समयमा राई शाखाको तर्फबाट कि पर्सनका रुपमा रहेर अशोक शंकर जिताउन अभियानमा लाग्नु भएको थियो ।

आज उनै राइले यस संस्थाको नेतृत्व गर्नु अवसर पाउनु भएको छ । पथरी जेसीजले २०२१ लाई महिला अध्यक्ष पाउनु शाखाको गरिमालाई अझ उचाइमा पुगेको पूर्व अध्यक्ष मान दियालीले बताउनु भयो ।

शाखाका कार्यकारिणी उपाध्यक्ष सिताराम दराल (सरोज), सुबर्ण खत्री, उपाध्यक्षहरुमा एलिना दियाली, निता कुलुङ राई, निर्माला गिरी (एन्जिला) र सुमन फुयाल तथा सचीवमा उज्वल लकान्द्री निर्वाचित भएका शाखाका अध्यक्ष प्रदिप फुयाँलले बताउनु भयो ।

अध्यक्ष फुयाँलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।