
झापा, बैशाख ३१। गौरादहमा यति बेला सृजना घिमिरे र यामनाथ दाहाल बिचको आर्थिक लेनदेनको बिबादले तातेको छ ।
गौरादह वडा नम्बर १ की सिर्जना घिमिरेले स्थानीय यामनाथ दहालसँगको आर्थिक लेनदेनमा आफु नै अन्यायमा परेको बताउदै न्यायकालागि पहल गरिदिनु हुन सबैमा आग्रह गरेकी छिन्।
यामनाथ दाहालसँग आफ्नो पैसाको कारोबार भएको तर उल्टै तिनुपर्ने छ भनेर दाहालले छलकपट गरेको सृजनाले बताईन् ।
विदेशमा रहेका श्रीमानले बिभिन्न समयमा १५ लाख रुपैंया घर बनाउन पठाएको र सोही रकम अभिभावक सम्झेर यामनाथ दाहालकोमा राखेको सृजनाको भनाई छ । ‘घर निर्माण सुरु गरे संगै आवश्यक खर्च निकाल्दै लगेको र दाहालले विवरण टिप्ने गरेको सृजनाले बताईन् तर पछि मैले राख्नदेको रकम नै मलाई तिर्न भनियो ।
साना छोरीहरुसँग बस्दै आएको सृजनाले घरमा अभिभावक नभएको फाईदा दाहालले उठाउन खोजेको बताईन् । ‘कैले मार्ने धम्कि दिएको छ ,कैले फोन र एसएमएस गरेर मानसिक तनाब दिएको छ, सृजनाले भनिन्, छोरीहरु दाहालको कारण स्कुल जान डराउने गरेको बताए । जे मन लाग्यो त्यहि गर्छ, उस्लाई कानुन लाग्दैन आफुपनि घर बाहिर दाहालकै कारण निस्कीन समस्या भएको उनले बताईन् ।
मैले डरले सुन राखेर पैसा थपेर उनलाई १७ लाख रुपैंया डरले तिरेको हुँ । दाहालले मैले तिर्न बाँकी १६ लाख ७५ हजार ऋण देखाएर २५ हजार फिर्ता दियो ।
आज देखि ब्यवहार सकियो भनेर दाहालले भनेका थिए, फेरि सोहि पैसालाई नतिरेको भन्दै भाम्रक प्रचार गरेको छ,सृजनाले भनिन् । आफुलाई छलकपट र धम्कि दिईँ पैसा तिरेको कागज गर्ने भनेर पैसा तिर्न बाँकी बनाएको सृजनाको आरोप छ । त्यहि कागज देखाएर अहिले मलाई तिर्न बाँकि भनेर देखाएको छ । सृजनाले बरु आफुलाई दाहालले बाउन्स चेक दिएर धेरै पटक झुक्काएको बताईन् । जसको प्रमाण आफुसँग सुरक्षित रहेको बताईन् । दाहालले आफ्नो ८ तोला सुन खाईदिएको र पैसा नदिएको सृजनाले बताईन् ।
आफुले नै राख्न दिएको रकम काम पर्दा लिएको हु, तर त्यो पैसा डरत्रास देखाएर तिरायो , अझै तिरेको छैन भन्दै अनेक जाल गरेर अनावश्यक दुःख दिएको घिमिरेले बताईन् । दाहाललाई कानुनी उपचार खोज्न आग्रह गर्दै श्रृजनाले आफुबिरुद्ध पर्चा फाल्ने,फोटो टास्ने धम्कि दिने काम निन्दनीय भएको बताउदैं दाहाललाई कारवाहि हुनुपर्ने बताईन ।

