स्वास्थ्य

मुहार फेर्दै आम्दा मेची अस्पताल

युवराज आचार्य
झापा, फागुन १०।
झापाको मेचीनगर–१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पतालले मुहार फेर्दै गएको छ । केही बर्ष अघिसम्म सुविधाा र सेवाका दृष्टिले पछाडि परेको आम्दा अस्पतालले पछिल्लो समय काँचुली फेरेको छ ।

कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल मेचीनगरबासीको विश्वासीलो अस्पतालको रुपमा स्थापित भएको छ । विशेषगरी मेचीनगर क्षेत्रका मानिसलाई प्राथामिकतामा राख्दै सबै सेवाग्राहीहरुलाई सर्भ सुलध तरिकाले सेवा प्रवाह गर्दै आएको यस अस्पातालले बिपद्को बेला अझ उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको छ ।

केहीबर्ष यता उपचार गराउन आउने सेवाग्राहीको संख्या घट्दो क्रममा थियो आम्दा अस्पतालमा । मेचीनगरबासीको नजर यस अस्पताल तिर थिएन । तर कोरोना संक्रमण पश्चात मेचीनगरबासीको रोजाईमा पर्न थालेको छ यस आम्दा मेची अस्पताल ।

बिरामीको सेवामा २४ शै घण्टा खुल्ला रहने १५ शैंयाको यस अस्पताललमा अहिले उपचार गराउने बिरामीको संख्या दिनानुदिन बढ्दै गईरहेको अस्पतालका प्रशासनले जनाएको छ ।

मेचीनगरलगायत आसपासका क्षेत्रबाट मानिसहरु उपचार गराउन आउने गरेको अस्पतालका लेखा तथा प्रशासन सहायक उज्वलतारा थापाले बताए । पछिल्लो समय सेवाग्राही बिरामीहरुको आकर्षण बढ्दै गहिरहेको छ, उनले भने अहिले दैनिक ३०/३५ जना ओपिडी सेवा लिन आई रहेका छन् ।

अहिले अस्पतालमा डिजिटल एक्स–रे, प्रयोगशाला, ओपिडी सेवा (बहिरङ्ग), एमर्जेन्सी सेवा २४ शै घण्टालगायतको सेवा रहेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन डा.पोषण रमण त्रिपाटीले जानकारी दिए । प्रत्येक महिनाको १५ र १६ गते निःशुल्क मधुमेह बिरामीको रक्त परिक्षण र परामर्श सेवा एम.डि.जि.पि.डाक्टरबाट सेवा प्रदान गरीरहेको डा.त्रिपाटीले बताए ।

मेडिकल सुपरिन्टेण्डेन डा. त्रिपाटीले भने हामीले अत्यन्तै न्यून शुल्कमा सेवा प्रदान गरिरहेका छौ । बिरामीलाई मार्का नपरोस भनेर ७० रुपैयामा प्रत्येक दिनको १० बजेदेखि २ बजेसम्म एम.डि.जि.पि.डाक्टरबाट ओपिडी सेवा प्रदान गरीरहेको बताए । अस्पतालमा भिडियो एक्स–रे, प्रसूति सेवा, दन्तरोग सम्बन्धी उपचारलगायतको सेवा पनि थप गर्ने योजना भई रहेको डा. त्रिपाटीले जानकारी दिए ।

अस्पाताल मेचीनगर नगरपालिकका, आम्दा नेपाल र मेची उद्योग वाणिज्य संघको त्रिपक्षिय समजदारीबाट सञ्चालन हुदै आएको आम्दा मेची अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष मेचीनगर प्रमुख समेत रहेका विमल आचार्यले बताए । उनका अनुसार स्थानिय सरकारको तर्फबाट यस अस्पताललाई यो आर्थिक बर्षमा मात्रै पन्द्र लाख रकम विनियोजन गरिएको बताए ।

यस अघि तीस लाख मुल्य बराबरको एक्स–रे मेसीन नगरपालिककाले अस्पताललाई दिएको नगर प्रमुख आचार्यले बताए । साथै उनले भने आगामी दिनमा पनि अस्पतालको सेवा विस्तार र जनताले उपचार गर्न पाउनुपर्ने अधिकारबाट बन्चित नहुने गरी सहयोग गर्ने बताए ।