बाहुण्डाँगी । गौरादह जेसीजका लागि २०२२ को अध्यक्षमा विनिता कटुलाव निर्वाचित हुनु भएको छ । आइतवार शाखाको ९ औँ बार्षिक साधारणसभाबाट कटुवाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । अध्यक्ष कटुवाल यस शाखाका लागि पहिलो महिला अध्यक्ष समेत बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ । शाखाको कार्यकारीणी उपाध्यक्षम दुर्लभ कार्की, दिपेश पोखरेल, उपाध्यक्षहरुमा साजन चुडाल, एकता पोखरेल, सुमन खत्री, निशान अधिकारी र जनसम्पर्क अधिकारीमा बिक्रम तिवारी निर्वाचित भएका शाखाका अध्यक्ष एकराजघिमिरेले बताउनु भयो । अन्य पदमा भने पदहस्तान्तरण समारोहमा मनोनित गरिने अध्यक्ष घिमिरेले बताउनु भयो ।


