बाहुण्डाँगी । राप्ती जेसीजको अध्यक्षमा बिन्दु सिंजाली मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबार भएको शाखाको दोस्रो अधिवेशनले सिंजालीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । उहाँ २०२१ मा कानुनी सल्लाहकारको पदमा रहनु भएको थियो ।

त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा शान्ति सापकोटा र भुवानीश्वर रुवाली, उपाध्यक्षहरुमा श्रीकृष्ण गौतम, संजय काराखेती, सुदन उप्रेती र गणेश सुनार सर्वसम्मत चयन भएका शाखाका अध्यक्ष दिनेश सेडाँइले बताउनु भयो ।
निर्देशकमा उमाकान्त सुवेदी, पदमराज सेढाई र प्रेम उपाध्याय चयन भएका छन् । जेसीजको विधान अनुसार पदाधिकारीहरु चयन गरिएको प्रमुख निर्वाचन आयुक्त शंकर कँडेलले बताए ।
साधारणसभा अध्यक्ष दिनेश सेडाँइको सभापतित्वमा सम्पन्न भएको थियो ।

