संघ \संस्था

सिद्धार्थ जेसीजमा कमल जि.सि. द्धारा पदभार ग्रहण, दजनौ कोभिड अभियान्ता सम्मानित

बाहुण्डाँगी । सिद्धार्थ जेसिजको ४७ औं पदस्थापन समारोहमा जेसि कमल जि. सि. विधिवत रूपमा अध्यक्षको पदमा पदस्थापित हुन भएको छ ।
निर्वाचन आयुक्त पुर्व अध्यक्ष जेसीआई सिनेटर ओम कुमार श्रेष्ठले समारोहमा २०२२ को अध्यक्षको घोषणा गरेपछि २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तण गर्दै आफ्नो कार्यभार जि.सि. लाई हस्तान्तरण गर्नु भएको थियो ।

निवर्तमान बन्नु भएका अध्यक्ष गोपाल ज्ञवालीबाट विधिवत शपथ लिएका नव निर्वाचित अध्यक्ष कमल जि.सि ले अन्य निर्वाचित पदाधिकारीका साथै थप विभिन्न पदमा मनोनीत गरेका सम्पुर्ण पदाधिकारीहरुलाई जेसीज परम्परा तथा विधान अनुरुप ईश्वरको नामा सपथ गराउनु भएको थियो ।

नेपाली कांग्रेसका उप–सभापति माननीय धनराज गुरुङको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा २०२० का अध्यक्ष जेसीआई सिनेटर मंगल भण्डारीले संस्थापक अधयक्ष अवार्ड घोषडा गर्नु भएको थियो । उक्त अवार्ड जित्न सफल हुनु भएका कलाकारिता क्षेत्रमा लामो समय काम गर्नु भएका कृषि क्याम्सका उपप्रध्यापक शैलेश गुरुङलाई प्रदान गरिएको थियो । यसैगरी समाजसेवाको क्षेत्रमा अग्रणि भुमिका निर्वाहा गरेका विशेष गरेर लकडाउनको अत्यन्तै गाह्रो तथा डरलाग्दो समयमा हजारौं विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेर अत्यन्तै उल्लेखनीय, प्रशंसनिय, एतिहासिक तथा साहासिक अनि बिशुद्ध परोपकारि कार्य गरेका बेलहिया सामाजिक अभियन्ता समुहका सुमन शर्मा, देवराज न्यौपाने, माधव शर्माको टिमलाई उक्त कार्यलाई उच्च मुल्यांकन गर्दै विशेष सम्मान गरिएको थियो ।


सिद्धार्थ जेसीजका सदस्य माधव शर्माको संचालन तथा पंकज उदासको आस्था पाठमा कार्यक्रम भएको थियो ।
स्मरण रहोस यो शाखाले २०२० देखि नै कोभिडको बिषम परिस्थितिमा यसको नियन्त्रण तथा यसबाट प्रभावित मानिसहरुलाई राहत, खाना, बस्न तथा विभिन्न कार्यहरु गर्दै आएको छ । २०२० का अध्यक्ष मंगल भण्डारीलाई २०२० मा कोभिड हिरोको उपनामले यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाले सम्मान समेत गरेका थिए भने यो शाखा निरन्तर २ वर्ष नेपाल जेसीजबाट सम्मानित हुदैँ आएको छ ।