अर्थ

समाजसेवी बालकृष्ण थापाद्वारा काँकरभिट्टाका अग्नी पिडितलाई आर्थिक सहयोग

मेचीनगर । समाजसेवी बालकृष्ण थापाले झापाको मेचीनगर ६ मा आगलागी भएर पूर्ण रुपमा क्षति पुगेको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी एवम् छडके अनुसन्धान साप्ताहिकका प्रकाशक थापाले आईतबार अग्नीपिडित राजेश तामाङ्ग र पासाङ्ग तामाङ्गलाई नगद दश दश हजार आर्थिक सहयोग गरेका हुन् ।

आइतबार बिहान ९ः३० बजे मेचीनगर–६ भानुटोलस्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको घर पूर्णरुपमा जलेर खरानी भएको थियो ।