संघ \संस्था

अर्जुनधारा जेसीजद्धारा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी प्रशिक्षण

बाहुण्डागी । अर्जुनधारा जेसिजको आयोजनामा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ ।
आइतबार अर्जुनधारास्थित सामुदायिक हलमा सम्पन्न प्रशिक्षण समारोहमा नेपाल प्रहरीका पुर्व प्रहरी बरिष्ठ उपरीक्षक बसन्तराज कुवरले सहभागीहरुलाइ प्रशिक्षण गराउनु भएको थियो । विभिन्न सामाजिक सङघ सस्थाका ब्यक्ती, राजनितिक दल, जेसिज सदस्य तथा बिधालयका बिद्यार्थीहरु सहित २ सय भन्दा बढि सहभागी भएका थिए । कुवरले पछिल्लो समय सिमा क्षेत्रमा मात्र नभएर हरेक ठाउमा लागू औषध प्रयोग कर्ता बढिरहेकाले यसलाइ न्युनिकरण गर्न हरेक युवाहरु लाग्नु पर्ने बताउदै जेसिजले यो अभियानलाइ आफ्नो मुख्य मुद्दा बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । साथै उहाले लागू औषध कम गर्न युवाहरुलाइ रोजगारिको अवसर सृजना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै कुवरले जेसिजले सामाजीक क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको बताउदै हरेक युवाहरुलाइ जेसिज अभियानमा जोडेर लैजान आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य माननीय गोपाल बस्नेतले जेसिजले गर्नु पर्ने कार्यक्रम आयोजना गरेकोमा प्रसङ्सा गर्नु भयो । आफू पनि जेसिजकर्मी भएको बताउदै उहाले अर्जुनधारा जेसिजको यो टिम अत्यन्तै उर्जावान रहेको र यो बर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने बताउनु भयो । अर्जुनधारा जेसिजको मातृ शाखा बिरता जेसिजका सस्थापक अध्यक्ष समेत रहनु भएका बस्नेतले लागुऔषधको अभियानमा अर्जुनधारा जेसिजलाइ समेत जोडिन आग्रह गर्नु भयो ।


शाखा अध्यक्ष भिम बहादुर कुवर (राजु) को सभापतित्व तथा राष्ट्रिय सभा सदस्य माननीय गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बिश्वमणी पोखरेल, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, बिर्तामोड प्रहरी कार्यलय बिर्तामोडका डिएसपी सन्तोष आचार्य, अर्जुनधारा सशस्त्र प्रहरीका प्रमुख, शाखा सस्थापक अध्यक्ष इन्दिवर खडका, पुर्व अध्यक्ष साद्रुलहाङ ओलि, अजयकुमार देव, टिकाराम गौतमलगायतको सहभागिता रहेको थियो ।
कार्यकारिणी उपाध्यक्ष प्रेम खड्काले स्वागत गरेको कार्यक्रमको सन्चालन महासचिव बरुणकुमार माझीले गर्नु भएको थियो ।कार्यक्रम सम्योजक बिमला भट्टराईले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।