खेलकुद

जायोन स्पोर्ट क्लब र बहुबन सामुदायिक बन विजयी

झापा, जेष्ठ ७ । मेचीनगर ३ स्थित पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा जायोन स्पोर्ट क्लब र बहुबन सामुदायिक बन उपभोक्ता समिति विजय भएका छन् ।
पहलेधापको खेल मैदानमा मंगलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा जायोन स्पोर्ट क्लब क्लबले नवज्योती युवा क्लबलाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले परािजत गरेको थियो ।
यसैगरी बहुबन सामुदायिक बन उपभोक्ता समितिले पाच पोखरी युवा क्लब लाई ३–० को गोल अन्तरले पराजित गरेको छ । बहुबनको जितका लागि युवराज मगरले २ गोल गरेका थिए भने निसेन लिम्बुले १ गोल गरेका थिए ।
भोली हुने पहिलो सेमीफाईनल खेल जायोन स्पोर्ट क्लब र रोङ्ग गाउँपालिका ५ बिच हुने खेल संयोजक विसाल मुखियाले जानकारी दिए । झापा र इलामका १६ वटा क्लबले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उप विजेता टिमले नगद २० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल जेठ ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published.