मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौद्धमोड बजार परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले गरेका थिए ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि मैनाली, मेचिनगर १ का वडाध्यक्ष पासाङ तामाङ्ग, २ का वडाध्यक्ष तिलक न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रमका सभापति एवँ संस्थाका संञ्चालक समिति अध्यक्ष नरेन्द्र काफ्लेले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पोषककुमार दर्जीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको नियमिति बचत तर्फ टिका राई र राम ढकाल, असल ऋणी तर्फ मेघराज नेपाल र रेश्मा चम्लगाँई, जेष्ठ नागरिक तर्फ दल व तामाङ्ग र धर्मा देवी ढकाल र उत्कृष्ट कृषक तर्फ तेज व. प्रधानलाई सम्मान गरिएको थियो ।
संस्थाको सञ्चालक समिति सदस्य गौरा तामाङले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले गरेका थिए ।


