खेलकुद

वडा अध्यक्ष कप अन्तर्गत शुक्रबार सेमीफाईनलका खेलहरु सम्पन्न

झापा, जेष्ठ १० ।दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार फुटबल र क्रिकेट खेलको सेमीफाईनलका खेलहरु सञ्चालन भएको छ ।
फुटबलतर्फ अरुणोदय मावि फाइनल प्रवेश गरेको छ। अरुणोदयले तारापुञ्ज माविलाई २-० गोल अन्तरले पराजित गरेको थियो । अरुणोदयका सोहन सुब्बा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाच सय प्राप्त गरे । त्यस्तै दोस्रो खेलमा नर्थ प्वाइन्ट मावि फाइनल प्रवेश गरेको छ। नर्थ प्वाइन्ट माविले काकँरभिट्टा माविलाई टइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो । नर्थ प्वाइन्टका गोल किप्पर अमित गोजु खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाच सय प्राप्त गरे । फुटबल तर्फको फाईनल खेल आईतबार हुने काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष तथा फुटबल खेलका पुर्व राष्ट्रिय खेलाडी मिनबहादुर बस्नेतले जानकारी दिनु भयो ।

क्रिकेट छात्रतर्फ भएको पहिलो सेमीफाईनल खेलमा नर्थ प्वाइन्ट मावि फाइनल प्रवेश गरेको छ। नर्थ प्वाइन्टले काकँरभिट्टा माविलाई ५ रनले हराएको थियो । त्यस्तै दोस्रो खेलमा गंगा मेमोरियल फाइनल प्रवेश गरेको छ। गंगा मेमोरियलले अरुणोदय माविलाई ७ विकेटले हराएको थियो । त्यसै गरी क्रिकेट छात्रातर्फ तारापुञ्ज मावि फाइनल प्रवेश गरेको छ। तारापुञ्जले सुर्योदय माविलाई ४ विकेटले पराजित गर्न सफल भएको थियो ।

वडा स्तरिय अन्तर मावि प्रतियोगितामा वडाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्याथीहरुले सहभागी जनाएका छन् । जेष्ट ९ गते देखी १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद १० हजार तथा उपविजेतले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.