बाहुण्डाँगी । दाङ महिला जेसीजले सकारात्मक सोच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई असर बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा लागु गर्न प्रेरित गर्ने लक्ष्यका साथ मंगलवार घोराहीमा उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो ।

शाखाकी अध्यक्ष शारदा घर्ती मगरको सभापतित्व तथा मार्क इन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा मानव कल्याण समाजका केन्द्रीय अध्यक्ष सुमी मानव रहनु भएको थियो । मार्क इन्टरनेशनल कलेजका सय भनदा बढी विद्यार्थी सहभागि थिए ।

कार्यक्रममाम सहभागिका तर्फबाट विनिता पन्थ, शाखाका पूर्व अध्यक्ष बिणा बिसि, निवर्तमान अध्यक्ष ममता डाँगीले बोल्नु भएको थियो । कार्यक्रम संयोजक मेनका भण्डारीले स्वागत गरेको कार्यक्रमको आस्थापाठ उपाध्यक्ष लष्मी घमाल, धन्यवाद ज्ञापन बसन्ती सुवेदी र सञ्चालन महासचिव नारायणी भट्टराईले गर्नु भएको थियो ।

