धर्म संस्कृती संघ \संस्था

सुरुङगा जेसीजले शुक्रबार होली मिलन कार्यक्रमको आयोजना गर्ने

चन्द्र बस्नेत
कनकाइ ।
सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होलि पर्व यो वर्ष भने भोली (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होलि पर्व मनाउन लागिएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो ।

भोली चैत्र ४ गते शुक्रबार बिहान १० बजे कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा कार्यक्रमको आयोजना गरिने निश्चित भएको सुरुङगा जेसीज वर्ष २०२२ का उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिनुभयो ।

सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।

जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ ।

जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भए सगे सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउने निश्चित भएकाले कार्यक्रममा आमन्त्रण गरिएका सबै माहानुभाव हरुलाई स्वास्थ्य मापदण्डको पालना गरिदिनु हुन अध्यक्ष न्यौपानेले अपिल समेत गर्नु भएको छ।

कार्यक्रममा जेसीज तथा नन– जेसीजसबैलाई निमन्त्रणा गरिएकाले करिव १ सय भन्दा बढीको सहभागी हुने अनुमान गरिएको सुरुङगा जेसीज २०२२ का सचिव किसोर दाहालले जानकारी दिनुभयो ।