झापा, कात्तिक २१ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू झापाले विर्तामोड स्थित मुक्तीचोकमा बिरोध गरेको छ ।
बिरोध कार्यक्रममा अनेरास्वबियुका भुगोल जिल्ला कमिटीका अध्यक्ष दुर्गा धमला, क्याम्पस जिल्ला कमिटी अध्यक्ष मनोज ताम्ली लिम्बु,, अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष अनिल सुबेदीलगायतका विद्यार्थी नेता तथा राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरु सहित विद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो। प्रदर्शनमा सहभागीहरुले ब्याक अफ इन्डिया लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको चौतर्फी विरोध हुँदै आएको छ। लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै अनेरास्ववियूले यसको विरोध गरेको हो ।
विरोध कार्यक्रमलाई अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य डम्बर अधिकारीले सम्बोधन गरेका थिए । उनले तत्काल भारतले यो निर्णय नसुधारे विद्यार्थी संगठन कडा ढंगले प्रस्तुत हिने समेत चेतावनी दिए।

