राजनीति

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै विप्लव नेतृत्व नेकपाले गर्‍यो मसाल जुलुस

झापा, कात्तिक २२ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत मेचिकोशि ब्युरोका अधिकांश जिल्लामा मसाल जुलुस निकालेको छ।

पार्टी स्रोतका अनुसार झापा,इलाम,पाँचथर ,ताप्लेजुङ ,मोरङ,सुनसरी,तेह्रथुम ,धनकुटा लगायतका जिल्लामा विप्लव कार्यकर्ताले स्थानिय बासिन्दाको सक्रियतामा मसाल जुलुस सम्पन्न गरेको हो ।

भारतिय साम्राज्यवादले नेपालको कालापानि , लिपुलेक , लिम्पियाधुरा सहितको भुभाग अतिक्रमण गरि नक्सा सार्वजनिक गरेको बिरोध स्वरुप नेपाल कम्युनिस्ट पार्टी को केन्द्रीय कार्यक्रम अनुसार मसाल जुलुस सम्पन्न गरेको नेकपाले जनाएको छ।

भारतीय साम्राज्यवाद मुर्दावाद !
दलाल सामाजिक फासिवादी संसदिय ब्यबस्था मुर्दावाद !!
नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !
एकीकृत जनक्रान्ती जिन्दावाद ११ लगायतका नारा सहित नेकपाले मसाल जुलुस सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।सोहि कार्यक्रम अनुरुप आज मसाल जुलुस गरिएको विप्लवका एक नेताले जानकारी दिए।

मसाल जुलुस पश्चात् ,कोणसभामा बोल्ने अधिकांश नेताले सरकारको तिव्र आलोचना गर्दै हिम्मत भए सरकारलाई देशको सेना प्रहरीलाई आफुहरु बिरुद्द नभएर सिमारक्षाको लागि खटाउन चेतावनी दिएका छन्।
महासचिव विप्लवले जारि गरेको संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

महासचिव विप्लवले भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

Leave a Reply

Your email address will not be published.