संघ \संस्था

बाहुण्डाँगी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

झापा, जेष्ठ ११ । बाहुण्डाँगी जेसीजको जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार झापाका शाखाहरुबीच मल्टि च्याप्टर तालिम सम्पन्न भएको छ ।
‘सर्कल अफ एक्सिलेन्स एण्ड स्टेट फ माइन्ड’ विषयमा भएको तालिममा झापाका १३ शाखाका ५२ जनाका सहभागिता रहेको थियो । झापामा रहेका १४ वटा शाखा रहेका छन् । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका ट्रेनर सिनेटर राजाबाबु शाह रहनु भएको थियो ।
यसैगरी आयोजक संस्था बाहुण्डाँगी जेसीजले तालिमलाई झापाका शाखाहरुबिच एकअर्कामा भातृत्वको सम्बन्ध बढाउने उदेश्यका साथ २०१८ र २०१९ का अध्यक्षहरुको समेत सहभागिता गराएको थियो । चारआली जेसीजको आतिथ्यतामा भएको तालिममा २०१८ का अधिकांश अध्यक्षहरुको सहभागिता रहेको थियो ।

शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल जेसीज वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष अशोक शंकरको प्रमुख आथित्यतामा सम्पन्न तालिममा विशेष अतिथि नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, सहभागिका तर्फबाट भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले बोल्नु भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल जेसीज एरिया ए का थिम डाइरेक्टर अजय देव, एरिया ए का तालिम सदस्य तथा लेटाङ जेसीज २०१८ का अध्यक्ष मनिष सुर्य मगर, सदस्य तथा गौरादह जेसीजका निवर्तमान अध्यक्ष राजु घिमिरे, नेपाल जेसीजका अध्यक्ष सल्लाहकार केदार कटुवाल, अध्यक्ष सल्लाहकार चन्द्र खत्री, अध्यक्ष सल्लाहकार धनबहादुर तामाङ, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौला, मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुनिता पनेरु, धुलावारी जेसीजका निवर्तमान अध्यक्ष नारायण खनाल, सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भीम भट्टराई, विर्ता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नम्रता रिजाल तथा विभिन्न शाखाका २०१८ का अध्यक्षहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा आस्थापाठ बाहुण्डाँगी जेसीजका कोषाध्यक्ष राजेश थापाले गर्नु भएको थियो ।
आतिथ्यता शाखा चारआली जेसीज २०१९ का अध्यक्ष उत्तम पकुवालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन बाहुण्डाँगी जेसीजका महासचिव देबु बानियाँले गर्नु भएको थियो ।
तालिम अन्तर्गत १५ गते बुधवार मेचीनगरका व्यवसायीहरुको धुलावारीमा सम्पन्न हुनेछ । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलाल आउनु हुने छ ।

Leave a Reply

Your email address will not be published.