संघ \संस्था

जेसीआई वल्र्डका अध्यक्ष नेपाल आइपुगे, राष्ट्रिय अध्यक्ष भण्डारीद्धारा विमानस्थलमा स्वागत

बाहुण्डाँगी । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष अर्गेनीस एंगुलो नेपाल आइपुग्नु भएको छ । दिउँसो ११ बजेर ४५ मिनेटमा टर्किस एयरलाइनसबाट एंगोलो नेपाल आइपुग्नु भएको हो । उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थालमा भव्य स्वागत गरिएको छ । नेपाल जेसीजका र्राष्ट्रियअध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको नेतृत्वमा गएको नेपाल जेसीजको टिमले उनलाई विमानस्थलमा भव्य स्वागत गरेको हो । नेपालका अध्यक्ष भण्डारीले नेपाली ढाकाटोपी र खदा लगाएर फुलको गुच्छाद्धारा स्वागत गर्नु भएको थियो ।

उनलाई नेपाल जेसीजका पदाधिकारी तथा विभिन्न शाखाका अध्यक्षहरुले स्वागतपछि स्कटिङ गरि सोझै होटल म्या।ियडमा लगेका थिए । ््एंगुलोलाई स्वागत गर्न नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, अन्तराष्टिय सेक्टरका कार्याकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, उपाध्यक्ष जीवन कार्की, पूर्व अध्यक्ष अर्जुन प्रसाई, पूर्व कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, पूर्व उपाध्यक्ष इनु थापा तथा विभिन्न शाखाका अध्यक्षहरुको बाक्लो सहभागिता रहेको थियो । भेनेजुयलाका नागरिक एंगुलो शुक्रवारबाट हुने नेपाल जेसीजको काउन्सुलर एकाडेमीमा सहभागि हुन नेपाल आउनु भएको हो । नेपाल जेसीजमा अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनु भयो । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहने कार्यक्रम तय भएको महासचिव कृष्ण सापकोटाले जानकारी दिनु भयो ।

नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गतको ‘नेस्नल काउन्सुलर एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आज साँझ नेपाल जेसीजको थापाथलीमा रहेको सचिवालयको भ्रमणसहित परिचयतामक कार्यक्रम रहेको छ ।

अठारदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो ।

नेपालमा अहिले जेसीजका १७४ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ ।
यसैगरी शुक्रवार अन्तराष्टिय उपाध्यक्ष राखी जैन नेपाल आउनु हनेछ । उहाँ पनि एकाडेमीमा भाग लिन नेपाल आउन लाग्नु भएको हो । राखी भारतीय नागरिक हुन् ।
फोटो सौजन्य
सम्झना श्रेष्ठ
अध्यक्ष खाँडादेवी जेसीज २०२२