संघ \संस्था

एरिया ए को प्रेसिडेन्ट मिट शनिवार चारआलीमा

बाहुण्डाँगी । नेपाल जेसीजको बार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्षीय भेला शनिवार देशभरका ४ वटा क्षेत्रमा एकैसाथ हुँदैछ । जस अन्तर्गत क्षेत्र क को चारआली जेसीजले आतिथ्यता गर्दैछ । चारआलीस्थित एफ सि कर्नरमा बिहान ८ बजेबाट हुने कार्यक्रमको सबै तयारी भएको शाखाले बताएको छ । यस कार्यक्रममा शाखामा नयाँ नेतृत्व प्राप्तपछिको ३ महिना पुरा भएका गतिविधि, आगामी रणनीति, एक अर्का शाखाहरुबिचको अनुभव आदान प्रदानसहित विभिन्न कार्यक्रमहरुका बारेमा छलफल हुने गर्छ ।

उक्त भेलमा क्षेत्र क का ४३ जना शाखाका अध्यक्षहरु, निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलासहित नेपाल जेसीजको बोर्ड, पूर्व अध्यक्षहरुलगायत सहभागिता हुने र चारआली जेसीजका अध्यक्ष विरु बेगाले बताए । अध्यक्ष बेगाले सहभागिका लागि सकेसम्म सहज र प्रभावकारी रुपमा सफल हुने गरी कार्यक्रम तय गरिएको बताए ।
नेपाल जेसीजले दिइएको जिम्मेवारीलाई पुरा गर्ने अवसर पाएको र यसलाई कुशलता पुर्वक सम्पन्न गर्ने उनले बताए ।
४ वटै एरियामा शनिवारै हुने कार्यक्रममा क्षेत्र ख मा लालबन्दी जेसीज, क्षेत्र ग मा काभ्रे लेडी जेसीज, र क्षेत्र घ मा दाङ लेडी जेसीजले आतिथ्यता गरेका छन् ।